मुलुकी संहिता २०७५ पछिकाे पहिलाे जन्मकैद श्रीया सुनारका हत्यारालाई



पाेखरा : पोखरा पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विकको बलात्कारपछि हत्या गर्ने छिमेकी कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्मकैद सुनाएको छ । मुलुकी संहिता २०७५ पछि यो फैसला भएको यो घटना नेपालको पहिलो जन्मकैद फैसला हो ।

गत असोजमा विकको हत्या भएको थियो । घटनाको २४ घन्टा नबित्दै स्थानीय कुशुम पौडेललाई उनकै घरबाट पक्राउ गर्न प्रहरी सफल भएको थियो । बलात्कार प्रयास गर्दा बालिकाले प्रतिकार गरेपछि घाँटी थिचेर बेहोस बनाएको र उनको यौनाङ्गमा औला हालेको पछि टाउकोमा ढुंगाले प्रहार गरेर हत्या गरेको उनले स्वीकार गरेका थिए ।

मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ मा ६ किसिमका कसुरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था छ । जसमा बलात्कारपछि हत्याको कसुर पनि उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार नयाँ मुलुकी संहिता लागू भएपछि आजीवन कैदको माग गर्दै अरु पनि केही मुद्दा दर्ता भएका छन् । तर, अदालतबाटै आदेश आएको यो यो पहिलो भएको प्रवक्ता सञ्जिवराज रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्