विवाहपञ्चमी भब्य रुपमा मनाईने



जनकपुरधाम : विगतमा झैँ यसपटकको विवाहपञ्चमी पनि भब्य रुपमा मनाईने भएको छ ।
हिजो शनिवार जानकी मन्दिरका उत्तराधिकारी महन्थ रोषण दासले विवाहपञ्चमीलाई भब्य रुपमा मनाउन सरोकारबालाहरुसँग छलफल गरेका थिए ।

प्रत्येक ५ वर्षमा भारतको आयोध्याबाट आउने जन्ती यसवर्ष पनि आउने भएका छन् ।
जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सिताराम विवाह पञ्चमी महामहोत्सव मनाउँदै आएको छ । तर यसवर्षको विवाहपञ्चमी बिशेष हुने छ ।

यसवर्ष मंसिर २५ गते विवाहपञ्चमी परेको छ । तर १९ गतेदेखि नै विधिवत रुपमा विवाहपञ्चमी सुरु हुने र २६ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाईने आयोजकको तयारी छ ।

२६ गते अन्तिमदिन रामकलेवा हुन्छ । त्यसअघि मंसिर १९ गते पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौदिन मटकोर र छैठो दिन रामसीता स्वयंवर गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्