नम्बर नखुलेकाे सवारीसाधनकाे ठक्करबाट सुकेधारामा एककाे मृत्यु



काठमाडौं : सुकेधारामा गएराति भएको सवारी दुर्घटना पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा काठमाडौं मन्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो।

 

नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।

 

राति ९ बजे पैदलयात्रीलाई ठक्कर दिएर सवारी साधनसहित फरार भएका चालकको खोजी भइहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्