अवैध चाँदीसहित दुई भारतीय पक्राउ



अमरगढी : प्रहरीले अवैध रुपमा चाँदीका गरगहना बिक्री गर्ने दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । आज डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा भारतको पलिया घर भएका ३८ वर्षीय विनोद बर्मा र ३६ वर्षीय सुवोद बर्मालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुले अवैध रुपमा चाँदीका पाउजु झोलामा राखेर बिक्री गर्न लागेको सुराकीका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुबाट ९३८ ग्राम चाँदी बरामद गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

बरामद गरिएको चाँदी आवश्यक कानूनी कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्