प्रक्रिया मिचेर नियुक्त गरिएका चिकित्सक हटाउन निर्देशन 



जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालमा अवैधानिक रूपमा नियुक्त गरिएका कर्मचारी र चिकित्सकलाई हटाउने प्रक्रिया सुरु भएको छ । प्रदेश दुईको सामाजिक विकास मन्त्रालयले त्यस्ता कर्मचारी हटाउन निर्देशनात्मक पत्र लेखेपछि अस्पतालले यसबारे प्रक्रिया अगाडि बढाएको हो ।  

तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. राम परीक्षण यादवको कार्यकालमा पाँच दर्जनबढिलाई नियुक्ति दिइएको थियो । अस्पताल विकास समिति विघटन भएको मौका छोपी प्रक्रिया मिचेर नियुक्त गरिएकालाई सेवाबाट हटाउन निर्देशन आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले द नेपाल टपलाई जानकारी दिए । 

डा. यादवका अनुसार ४० देखी ४५ जना त्यस्ता कर्मचारी, चिकित्सक र नर्सलाई मंसिरसम्मको तलब खुवाएर अवकाश दिन मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्