बलात्कार घटनाकाे गलत रिपोर्ट दिने दुई डाक्टर कारवाहीमा



काठमाडौँ: बलात्कारको घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका दुर्इ चिकित्सक कारवाहीका लागि सिफारिस गरिएका छन् ।

 

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा रहेको सरकारवादी फौजदारी मुद्दाको काम कारवाहीमा समन्वय समितिले जिल्ला प्रहरी कार्यालय धनुषाको पत्राचार अनुसार दुई चिकित्सकलाई कारबाहीको सिफारिस गरेको हो।

कारवाहीमा पर्नेहरुमा डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइत रहेका छन् । धनुषा जनकनन्दनी गाउँपालिका २ बस्ने करण मण्डलले जबर्जस्ती करणी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पताल सिराहाबाट प्राप्त भएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक परेको पत्राचार प्रहरीले महान्यायाधिवक्ता कार्यालयमा गरेको थियो। अञ्चल अस्पतालका डाक्टरहरूले अनुसन्धान कार्यलाई प्रभावित हुने गरी रिपोर्ट दिएको भनी प्रहरीले पत्राचार गरेको थियो।

 

समितिको निर्णयमा भनिएको छ ‘परीक्षण प्रतिवेदन व्यहोरा फरक–फरक प्राप्त हुन आएको, समयमा उपलब्ध नगराएको र पूर्ण तथा विश्वसनीय परीक्षण प्रतिवेदन नभएको कारण अपराध अनुसन्धानको कार्य प्रभावित भई पीडितले कानुन बमोजिमको न्याय पाउन नसक्ने अवस्था सिर्जना हुन सक्ने हुँदा प्रस्तुत मुद्दामा भएको स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरहरूलाई आवश्यक कारबाहीका लागि संलग्न कागजातहरूको प्रतिलिपि साथै राखी नेपाल मेडिकल काउन्सिलमा लेखी पठाउने।’

 

धनुषा जनकनन्दनी गाउँपालिका २ बस्ने करण मण्डलले जबर्जस्ती करणी गरेको मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पताल सिराहाबाट प्राप्त भएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक परेको पत्राचार प्रहरीले महान्यायाधिवक्ता कार्यालयमा गरेको थियो। दुई अस्पतालको परीक्षणमा पीडितको उचाई र तौल समेत दुईवटा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको