किनेको महिना नबित्दै गाउँपालिकाको गाडी दुर्घटना



बझाङ : बझाङ बित्थड चिर गाउँपालिकाको गाडी आज दिउँसो २ बजे दुर्घटनामा परेको छ । जयपृथ्बी राजमार्ग अन्तरगत खोड्पे चैनपुर सडक खण्डको सिगास गाउँपालिका ९ स्थित आलुगैरमा से१झ २०७४ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो । 

 

दुर्घटनामा परी चालक र गाउँपालिका एक कर्मचारी सामान्य घाइते भएका छन् । हिउँमा चिप्लीएर गाडी दुर्घटना भएको गाउँपालिका प्रवक्ता हर्क धामीले जानकारी दिए । गाडी सडकबाट करिब ४० मिटर खसेको छ ।

 

दुर्घटनामा परेको गाडी चालिस लाखमा २० दिन अघि मात्रै गाउँपालिकाले खरिद गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्