घुस रकमसहित सहायक वन अधिकृत पक्राउ



पोखरा : डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । कार्यालयका अधिकृत राजकुमार ठाकुर घुसबापत ३३ हजार रुपैयाँ लिइसकेको अवस्थामा बेनी नगरपालिका वडा नं. ७ स्थित निवासबाटै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।  

अधिकृत ठाकुरले काठ कटानीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी अख्तियारमा परेको थियो ।

सोही आधारमा क्षेत्रीय कार्यालय पोखराबाट खटिएको अख्तियारको टोलीले ठाकुरलाई बिहीबार नियन्त्रणमा लिएको हो । ठाकुरमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्