भावी आइजीपीका लागि यस्तो छ चलखेल



काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आउँदो माघ २९ गते अनिवार्य अबकास पाउने भएपछि भाावी आइजीपीका लागि दौडधुप शुरु भएको छ ।

आइजीपी खनालसँगै अहिले एआइजीहरु पुष्कर कार्की र ठूले राई लगायत खनालका व्याजीहरु एकै पटक घर जाने भएका हुन् । त्यसपछि आइजीपीका लागि डीआइजीहरु ठाकुर ज्ञवाली, तारणी लम्साल र सूर्य प्रसाद उपाध्यायहरुमध्यबाट एक जना बन्न छन् ।

ज्ञवाली हाल प्रदेश नं. १ को प्रहरी प्रमुख र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । अहिलेको सरकारकसँग राम्रो सम्बन्ध भएका कारण ज्ञवाली अबको ५ महिनापछि आइजीपी बन्ने निश्चिय प्रायः जस्तै छ । अब बन्ने आइजीपी आउदो असार अन्तिम सातासम्म रहने बताइन्छ ।

लम्साल नेपाली कांग्रेसका नेताहरुसँग निकट सम्बन्ध भएका कारण पनि उनको सम्भावना कमजोर देखिएको हो ।

अहिलेभन्दा असार पछि आइजीपी बन्नका लागि ठूलो भिडन्त हुने देखिएको छ । त्यसबेला हालका डीआइजीहरु शैलेश थापा क्षेत्री, हरी पाल, प्रधुम्न कार्की र निरज शाहीहरु बीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ । त्यसका लागि अहिले देखिनै चलखेल शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्