भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने



काठमाडौं : भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउने भएका छन् । उनी ‘तेरा घाटा’ गीत गाएर चर्चामा आएका गायक हुन् ।

 

क्रिसमस इभ अर्थात डिसेम्बर २४ मा काठमाडौंस्थित क्लब डेजाभूमा हुने कार्यक्रम ‘गजेन्द्र वर्मा लाइभ इन नेपाल’का लागि वर्मा नेपाल आउने छन् । 

 

मेड्ली इभेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा उनलाई नेपाल ल्याउन लागेको हो ।

 

कभर गायनमार्फत सांगीतिक दुनियाँमा उदाएका गजेन्द्रको तुने मेरे जाना, मे तेरा ही रहु, मेरा जहाँ जहाँ लगायतका गीत लोकप्रिय छन् । 

 

उनले लाइभ प्रस्तुतिको क्रममा यस्तै गीत संगीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । उनी सोमबार नेपाल आउने छन् र काठमाडौंको प्रस्तुति सकेर धरान लाग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्