इजाजत बिनाका सिट निकालिएपछि दोब्बर भाडा



बैतडी : सुदूरपश्चिमका पहाडी जिल्लामा चल्ने पिकअप जिपहरूले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको भन्दै प्रहरीले इजाजत बिनाका सिट हटाएपछि व्यवसायीहरूले यात्रुहरूसँग दोब्बरभन्दा बढी भाडा असुल्न थालेका छन् । 

सिट क्षमता पाँच मात्र रहेका पिकअफ जिपले १५ देखि २० जनासम्म यात्रु बोक्न थालेकाले दुर्घटना बढेको भन्दै प्रहरीले इजाजत विनाका सिट निकाल्ने अभियान चलाएको थियो । प्रहरीले सिट निकालेपछि आफ्नो खर्च नउठ्ने भन्दै व्यवसायीले सर्वसाधारणसँग दोब्बर भन्दा बढी भाडा लिन थालेका हुन् । 

प्रहरीले जिपको पछाडि भागमा जडान गरिएका सिट हटाएपछि प्रायः व्यवसायीले बुकिङ गरेको अवस्थामा मात्रै जिप चलाउने गरेका छन् । जसका कारण सर्वसाधारणले भनेको समयमा सवारीसाधन नपाउने र पाइहाले पनि दोब्बरभन्दा धेरै भाडा तिर्नुपरिरहेको गुनासो गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्