यस्ता छन् मन्त्रीमण्डल पुर्नगठन रोकिनुका पाँच कारण



काठमाडौ : कोर्ष करेक्सन गर्दै नयाँ ढंगले परिणाममुखी कार्य देखाउन आतुर भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलका नेताहरुसँग परामर्श गर्दा सकारात्मक धारणा नपाउदा केही समयका लागि मन्त्रीमण्डल पुर्नगठनको कार्यमा ब्रेक लाग्न पुगेको छ । पछिल्लो पटक अध्यक्षद्धयबीच महरा प्रकरणले दरार ल्याएपछि यो विषय थप अगाडी बढ्न सकेको छैन ।


मन्त्रीपरिषद श्रोतका अनुसार प्रधानमन्त्री ओलीमा कार्यक्षमता कमजोर भएका केही मन्त्रीहरुलाई विदाई गरी आफ्नो स्प्रिटअनुसार काम गर्ने र बरिष्ठ नेताहरुलाई मन्त्रीमण्डलमा सामेल गराउने सोंच छ ।

यस विषयमा पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)सँग सल्लाह गर्दा प्रचण्डले मौसमी सोचले प्रधानमन्त्री ओली आजित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार र जापान भ्रमण अगावै मन्त्रीमण्डल पुर्नगठन गर्ने प्रधानमन्त्री ओलीको चाहनामा प्रचण्ड तगारो बन्दा मन्त्रीमण्डल हेरफेर विषय पर धकेलिएको छ ।


श्रेताका अनुसार मन्त्रीमण्डल हेरफेर लगायतका विषयमा अघिल्लै हप्ता प्रचण्डसँग तीनघण्टा लामो छलफल गरेका प्रधानमन्त्री ओलीले शुरुमा प्रचण्ड सकारात्मक देखिएपनि बुहारी बीना थापा मगरको विषय आएपछि फरक धार समाएपछि अलमल परेको आफ्ना विश्वासपात्रसँग बताउदै आएका छन् ।


प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रीमण्डलका मन्त्रीहरुको काक्षमता सम्बन्धी फेहरिस्ता प्रस्तुत गर्दा प्रचण्ड बुहारी खानेपानी मन्त्री बीना मगरको नाम पनि प्रस्तुत गरेपछि मौनता साँधेको बताईन्छ । यो थाहा पाएर प्रचण्डनिवास पुगेर बीना मगरको रुवाबासीपछि प्रचण्डको बोली फेरिएको हुनसक्ने बालुवाटार श्रोतको बुझाई रहेको छ ।


मन्त्रीमण्डल पुर्नगठनले तताएको बजारपछि नेताहरुले मन्त्रीमण्डल पुर्नगठन सम्बन्धी आएका समाचार हल्ला मात्र भएको बताएपछि साथसाथमा यो विषय प्रधानमन्त्रीको विशेष अधिकार भएको बताउन छाडेका छैनन् । त्यस कुराले मन्त्रीमण्डल फेरबदलको विषय उठेपनि टुङ्गोमा नपुगेको पुष्टि हुन आउछ ।

आखिर किन अड्कियो त मन्त्री हेरफेरको विषय ? यस सन्दर्भमा द नेपाल टपले विषय केलाउदा पाँच कारण रहेको तथ् फेला पारेको छ ।


मन्त्री मण्डल पुर्नगठनमा कुरा फेरिरहने प्रचण्डको बोली मुख्य कारण रहेको बालुवाटार श्रोतको दाबी छ । सैद्धान्तिक रुपमा सहमत भएका प्रचण्ड पछिल्लो पटक बोली फेरेपछि प्रधानमन्त्री ओली पर्ख र हेरको नीतिमा छन् । देवेन्द्र पौडेलदेखि लेखराज भट्टसम्मलाई मन्त्री बन्न तयार रहन भनेको प्रचण्डले किन बोली फेर त ? यो रहस्यको विषय बनेको छ ।

श्रोतका अनुसार प्रधानमन्त्री ओलीले तथ्यसहित मन्त्रीहरुको कार्यसम्पादन सम्झौता र कार्यक्षमता कमजोर भएको भन्दै उधेग मन्त्री मातृका यादव,कृष्मिन्त्री चक्रपाणी खनाल,बनमन्त्री शक्तिबहादुर बस्नेत र खानेपानी मन्त्री बीना थापा मगरको नाम लिादा रातोपिरो देखिएका थिए । यी सबै प्रचण्ड निकट भएकोले रातोपिरो भएको हुनसक्ने अनुमान छ ।

त्यो त प्रचण्डपत्नी सीतासमक्ष पुगेर मन्त्री मगरले रोकईकराई गरेपछि प्रचण्ड पछाडी रहेको चर्चा पनि व्याप्त छ ।
त्यस्तै अर्को कारण हो आउदै गरेको उपनिर्वाचन । उपनिर्वाचनको संघारमा मन्त्रीमण्डल पुर्नगठन गर्दा त्यसको असर निर्वाचनमा पुग्न सक्ने कतिपय नेताको बुझाईका कारण पनि यो एजेण्डा हाललाई स्थगित भएको बताईन्छ । त्यस्तै गरी तेस्रो कारण पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले पार्टीभित्रै बलियो उपस्थिति बनाउदै गरेको गृहमन्त्री रामबहादुर थापा ( बादल)लाई त्यहाँ राखिराख्न जोखिम ठानेका छन् ।

तर प्रधानमन्त्री ओली बादलप्रति सकारात्मक रहेको पाएपछि र बुहारी मगरलाई हटाउनु पर्ने खण्डमा मन्त्रीमण्डलको पुरै सेट फेर्ने पक्षमा देखिएका छन् ।


तर त्यसो गर्दा राम्रो काम गरिरहका मन्त्रीहरुमाथि अन्याय हुने प्रधानमन्त्री ओलीको ठहर छ । प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको क्षमता र क्रियाशीलताका कारण बाह्य सम्बन्ध सुदृढि भएको,चिनियाँ राष्ट्रपसितको नेपाल भ्रमणमा राम्रो भूमिका निभाएकोमा सन्तुष्ट देखिन्छन् ।

त्यस्तै सूचना,संचार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका पक्षमा खेल्दै आएको भूमिकाबाट खुशी छन् भने पर्यटनमन्त्री योगश भट्टराई भर्खरै मन्त्री बनेका छन् । यी तीनजना मन्त्री हटाउने पक्षमा प्रधानमन्त्री तयार नभएको बालुवाटार श्रोतको दाबी छ ।


मन्त्रीमण्डल सबै परिवर्तन गर्ने कि फेरबदल गर्ने विषयले गर्दा पनि हेरफेर गर्ने विषयले आकार लिन नसकेको बताईन्छ । त्यसैले गरी चौथो विषयराष्ट्रपति भण्डारी म्यानमार र जापान भ्रमणमा भएकोले हतार हतार हुने भन्दै यो विषय थाती रहेको बताईन्छ ।

राष्ट्रपति फर्कने र प्रधानमन्त्री ओली अजरवैजान जाने कारणले पनि मन्त्रीमण्डल पुर्नगठन विलम्व हुन पुगेको श्रोतको दाबी छ ।


पाचौं कारण भनेको पार्टीभित्रको आन्तरिक सन्तुलन र महरा प्रकरण बनेको छ । महराप्रकरणमा पार्टीका दुईअध्यक्ष ओली र प्रचण्डबीच एकमत हुन नहुँदा सम्बन्ध चिसिएको छ । उनीहरुबीच सम्बन्धमा चिसोपन आउदा यो विषय निष्कर्षमा पुग्न सकेन । तर पनि प्रधानमन्त्री मन्त्रीमण्डल पुर्नगठन गरेर नयाँ ढंगले अघि बढ्दै जनताले अुभूति गर्ने गरी अघि बढ्ने दिशामा दृढतापूर्वक उभिएका छन् ।


बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओली अजरवैजानबाट फर्केलगत्तै मन्त्रीमण्डल पुर्नगठनले सार्थक रुप लिने बताईन्छ । पछिललो पटक प्रधानमन्त्री ओली मन्त्रीमण्डलको पुरै सेट परिवर्तन गर्नु परे गर्ने सोचमा पुगेका छन् ।

तर मन्त्री त्रय ज्ञवाली,बाँस्कोटा र भट्टराईलाई भने फेरी उही वा फरक जिम्मेवारी जे उपयुक्त हुन्छ मन्त्रीमण्डलमा सामेल गर्ने तयारी ओलीको रहेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्