अध्यागमन अधिकृतसहित १३ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर


काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जना विरुद्ध आज (मंगलबार) विशेष अदालत काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप–पत्र दायर गरिएको छ ।

मानव तस्करसँग मिलेमतो गरी २ सय ४८ जनालाई घरेलु कामदारका रूपमा प्रस्थान अनुमति दिई अनियमितता गरेको अभियोगमा अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीसहित १३ जना विरुद्ध आयोगले आरोप–पत्र दायर गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ती कर्मचारीले बिचौलियासित मिलेर अनधिकृत रूपमा प्रतिव्यक्ति १० हजार रुपैयाँ लिई प्रस्थान अनुमति दिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ । मुद्दा दायर गरिएकामा अध्यागमन अधिकृतहरू कमलप्रसाद पराजुली, मनहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिंह भण्डारी, पदमप्रसाद बजगाईं, कम्प्युटर अपरेटरद्वय रोशन गौतम र भोजप्रकाश न्यौपाने छन् ।

पराजुलीले ड्यूटीमा रहेकै अवस्थामा डेस्कमा रहेको कम्प्युटरको नेटवर्क बन्द गरी दुइटा मोबाइलमार्फत शंकास्पद व्यक्तिहरूलाई बारम्बार सम्पर्क गरेर कागजात रूजु नगरी अध्यागमन प्रस्थान अनुमति दिएकोसमेत अभियोगपत्रमा उल्लेख छ । अध्यागमन अधिकृतहरूको ‘कल रेकर्ड’ एवं खुल्न आएका तथ्यमाथि अनुसन्धान गर्दा अध्यागमन कार्यालयका कर्मचारीहरूबीच म्यासेज आदानप्रदान गरी २ सय ४८ जनालाई अनधिकृत रूपमा प्रस्थान अनुमति दिँदा अनियमितता गरी मिलेमतो भए/गरेको पाइएकोसमेत अख्तियारले जनाएको छ ।

प्रस्थान अनुमति दिँदा अध्यागमन कार्यालयमा कुनै अभिलेख नराखी प्रतिव्यक्ति १० हजारका दरले २४ लाख ८० हजार बाँडीचुँडी गरी अनियमितता गरेकाले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार डेढ वर्ष कैद सजाय र बिगो बराबर जरिवाना गर्न मागदाबी गरी अभियोगपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी अख्तियारले जिल्ला शिक्षा कार्यालय, बाराका तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलसहित ६ जनाविरुद्ध मंगलबार नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।मुद्दा दायर गरिएकामा पोखरेलका अतिरिक्त लेखापाल नवराज भण्डारी, जनजागृति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तेजमनप्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर वसन्त निधि र सब–इन्जिनियर दिलीपकुमार जैसवाल छन् । उनीहरूले मिलेमतोमा साविक खोपवा गाविस–८ को जनजागृति नेपाल राष्ट्रिय प्राविलाई भवन निर्माण नहुँदै नापी किताब र कार्य सम्पन्न प्रतिवेदनबिना नै १ लाख ३९ हजार ९ सय ६२ रुपैयाँ बढी भुक्तानी गरेको आयोगले जनाएको छ ।

उनीहरूलाई डेढ वर्ष कैद र बिगोबराबर जरिवाना गर्न मागदाबी गरिएको छ । मुद्दा दायर भएसँगै अध्यागमनका १३ जना र जनजागृति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापकसहित जिल्ला शिक्षा कार्यालय, बाराका ५ कर्मचारी सेवाबाट निलम्बित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

ईलाम : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत ईलामको श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माणको लागि

काठमाडौं : आत्महत्या गरेको फेसबुक लाइभ सेयर नगर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ

काठमाडौं : नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीलाई प्रवृत्ति

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाटै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली

जनकपुरधाम : प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा १ सय १५ जना व्यक्तिमा कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक