डुबेर एकको मृत्यु



इटहरी : इटहरी–२० तरहराको तरहरा प्रहरी चौकीनजिकै निर्माणाधीन छ लेन सडकको कल्र्भटमा डुबेर आज एकजनाको मृत्यु भएको छ । हाँसपोसा सामुदायिक वन पछाडि बसोबास गर्दै आएका ९० वर्षीय झपडबहादुर बस्नेतको डुबेर मृत्यु भएको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ ।

तरहराको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको खेतमा घाँस काट्न जाँदा लडेर सडकको नालामा डुबेर उहाँको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सडकमा पानी जमेका कारण यसअघि पनि खनारमा एक बालकको शव फेला परेको थियो । यसैबीच इटहरी उपमहानगर–४ बाट बेच्न राखेको पटकासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी–४ बस्ने विवेक बराललाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ । उनको घरमा रहेको कास्या ट्रेडर्सबाट ३० बण्डल पटकासहित पक्राउ गरेको हो । सो पटका करीब एक लाख १० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्