विश्वमा तिव्र इन्टरनेट चलाउने मुलुक नर्वे, नेपाल ११६ औं स्थानमा



काठमाडौं : विश्वमा सबैभदा तिव्र गतिको इन्टरनेट चलाउने मुलकामा नर्वे परेको छ । विश्वभरका इन्टरनेट गतिमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तिव्रगतिमा इन्टरनेट नर्वेमा चलाइएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।  

विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्नेसंस्था ओक्लाले इन्टरनेट सेवा उपलब्ध भएका देशहरुको सूची सार्वजनिक गरेको हो । सो सूचीअनुसार नर्वेमा मोबाइलमा औसत डाउनलोड स्पीड ६३ दशमलब १९ एमबीपिएस रहेको छ ।  

त्यस्तै ५८.९६ एमबीपियससहित आइसल्याण्ड दोस्रो र कतार ५५ दशमलब १७ एमबीपिएससहित तेस्रो नम्बरमा रहेको छ। चौथो नम्बरमा सिंगापुर रहँदा पाँचौ नम्मबरमा नेदरल्याण्ड रहेको छ । प्रतिवेदनअनुसार नेपाल ११६ औं स्थानमा रहेको छ। २०१८ मा नेपालको मोबाइल इन्टरनेटमा थोरै मात्र सुधार भएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्