सरकारले दियो विप्लवलाई यस्तो जवाफ



काठमाडौ : माओवादीबाट फुटेर बनेको दल नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्ताका निम्ति अघि सारेको शर्तबारे टिप्पणी गर्दै सरकारले छद्मभेषी कुराका पछि नलाग्नेु बताएको छ।

विगतमा दुवै पक्षबीच भएका भनिएका वार्ता प्रयास सार्थक हुन नसकेको देखिएका बेला विप्लवले वार्ताको निम्ति केही शर्त सार्वजनिक गरेका थिए।

विप्लवको हस्ताक्षर सहित असोज २०७६ मिति लेखिएको सोमवार जारी विज्ञप्तिमार्फत् केन्द्रीय समितिको निर्णय सार्वजनिक गरिएको छ।

जसमा भनिएको छ, सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न ुवार्ताु को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ।

मन्त्रीको प्रश्न : पैसा किन दिने ?

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले त्यसलाई छद्मभेषी कुराुको संज्ञा दिए।

उनले भने, सरकार त्यस्ता छद्मभेषी कुराको पछि लाग्न मिल्दैन। उहाँहरूले त्यतिमात्र भन्नु भएको छैन। स्वेच्छिक चन्दा अभियान भनेर चन्दा आतङ्क गर्ने र के(के दस्ता निर्माण गर्ने कुरा पनि आएका छन्। ती पो पहिला बन्द गर्नुपर्‍यो त।

स्वेच्छिक भनिएको आर्थिक सङ्कलन अभियान चलाउने विप्लवको दलको घोषणालाई उनले चन्दा आतङ्कको संज्ञा दिए।

कोसँग बढी पैसा हुन्छ र अनावश्यक रूपमा चन्दा दिनुपर्‍योरु आफ्ना कार्यकर्तासँग पैसा उठाएर पार्टी चलाउनु पर्‍यो नि।

सरकारको पनि शर्त
यसअघि सरकारले विप्लवलाई विना शर्त वार्तामा आउन आग्रह गरेको थियो। विप्लवको दलका शर्त भए सरकारका पनि शर्तहरू रहेको मन्त्री बाँस्कोटाको भनाइ छ।

ूहिंसा गर्न, औजार बनाउन र आतङ्क फैलाउनका निम्ति चन्दा माग्ने भन्ने र कार्यकर्ता छोड अनि मात्र वार्ता भनेर हुँदैनू, उनले विप्लवको दललाई आग्रह गरे, पहिला हिंसा छोड अनि वार्ता।

विप्लवको दलले देशका विभिन्न स्थानमा बेला बखत हुने हिंसात्मक घटनाको जिम्मेवारी लिए पनि सशस्त्र विद्रोहमा उत्रिएको औपचारिक घोषणा गरेको छैन।

उसले उल्टै सरकारमाथि हिंसा फैलाएको आरोप लगाउने गरेको छ।

विप्लवको दल संविधानविरुद्ध छ। सरकारले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

गिरफ्तारी बढ्दो
पछिल्ला महिना देशका विभिन्न स्थानबाट उक्त दलका नेता(कार्यकर्ताहरू पक्राउ पर्ने क्रम तीव्र देखिन्छ।

गत हप्ता नेकपाका केन्द्रीय सदस्य सहित २१ जना दाङबाट पक्राउ परेका थिए।

दाङमा भारतीय सीमानजिकै प्रहरीले छापा मार्दा त्यसरी पक्राउ पर्नेमा विप्लवका दाइसमेत छन्।

प्रहरीले सोही दलका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनीलाई मङ्गलवार चितवनमा गिरफ्तार गरेको छ।

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले लोहनीलाई जिल्लाको बसेनी भोजाडबाट पक्राउ गरिएको हाम्रा सम्वाददाता ईश्वर जोशीलाई जानकारी दिए।

लोहनी तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य थिए।

सोमवार सार्वजनिक भएको नेकपाको विज्ञप्तिमा लोहनी दलको केन्द्रीय सदस्य नहरेको उल्लेख थियो।

गृहमन्त्री रामबहादुर थापाले गत साउन महिनामा पत्रकार सम्मेलन गर्दै विप्लवका नेता(कार्यकर्ता नियन्त्रणमा लिने सरकारको नीतिले उक्त दल वार्तामा आउने सम्भावना बढाएको बताएका थिए।

वार्ताबाट समस्या समाधानको निम्ति दुवै पक्ष तयार भए ुसमाधानका सूत्रुहरू रहेको राजनीतिक टिप्पणीकारहरू बताउँछन्।

तर दुवै पक्ष त्यसको निम्ति तत्काल तयार रहेको देखिएको छैन। बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्