उपत्यकासहित देशभर चिसो बढ्दै, उच्च हिमाली क्षेत्रमा हिमपात



काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले ति स्थानहरुमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउनहुन आग्रह गरेको छ ।

अरब सागरको पूर्वी–मध्य भागमा विकशित भएको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदलि रहेको महाशाखाद्वारा बुधबार बिहान जारी बुलेटिनमा उल्लेख गरिएको छ ।

पश्चिमी वायुको प्रभावको कारण नेपालमा चिसो अझै बढ्दै जाने जानकारी दिँदै महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम
कात्तिक ६ गते (बुधबार)
दिउँसो :
देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा बांकी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भूभागमा हल्का हिमपातको संभावना रहेको छ ।

कात्तिक ७ गते (बिहीबार)
दिउँसो :
देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमालि भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कात्तिक ८ गते (शुक्रबार)
दिउँसो :
देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्