फैसला उल्टाएर दुई ‘भ्रष्टाचारी’लाई सर्वाेच्चले दियो सफाइ



काठमाडौं : सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात वर्षअघिको आफ्नै फैसला उल्टाएर दुई जनालाई सफाइ दिएको छ ।

न्याायाधीशहरू शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरहादुर शाहीको पूर्ण इजलासले झूटा विवरण र कागजातका आधारमा कर्जा लेनदेन मुद्दामा ‘भ्रष्टाचारी ठहर’ भएकामध्ये दुई जनालाई बिहीबार सफाइ दिएको हो ।

सफाइ पाउनेमा कृषि विकास बैंकका तत्कालीन कर्मचारीद्वय मीनबहादुर जिसी र गोविन्द्रप्रसाद जोशी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्