जब पूर्व राष्ट्रपति ओबामा काँधमा धोक्रो बोकेर अस्पताल पुगे…(भिडियोसहित)



काठमाडौं:  राज्यको उच्च ओहोदामा पुगेका नेपाली नेताहरुकोहरु रवाफले सीमा नाघेको छ । पूर्वमन्त्रीदेखि पूर्वराष्ट्रपतिसम्म तथा कर्मचारी प्रशासन र संवैधानिक आयोगका पदाधिकारी बनेकासम्मलाई दिइएको सुविधाले नेपाली जनताको जीवनस्तरलाई गिज्याइरहेको छ ।

 

तर, संसारमा यस्ता नेता पनि छन्, जसको जीवनशैली साँच्चै अनुकरणीय छ । आवश्यक पर्दा साइकलमै यात्रा गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामा अमेरिकाको राजधानी वासिंगटन सिडीस्थित एक बाल अस्पालमा बिरामी बच्चाहरुलाई क्रिसमसको अवसरमा उपहार लिएर पुगे ।

 

अचम्मको कुरा त उपहार राखिएको धोक्रो ओबामा आफैंले बोकेर अस्पतालमा पुगेका थिए । यो दृश्य देख्दा त्यहाँका डाक्टर, नर्स, विरामी र उनीहरुका कुरुवाहरु अचम्मित भएका थिए । उनी सान्ता क्लजले लगाउने क्रिसमसको फ्लपी टोपी लगाएर उपहारको बोरा आफैंले बोकेर अस्पताल पुगे र सबै बच्चाहरुलाई उपहारहरु बाँडे अनि सेल्फी खिचे, रमाए ।

 

केही विरामी बच्चाहरु उनलाई आफ्ना अघि देख्दा भावुक भए, केही अचम्ममा परे र धेरैले गला मिलाउने अवसर पाए । करिब ९० मिनेट अस्पतालमा बिताएका विरामी बालबालिकाका अभिभावकलाई सान्त्वना दिए । उनी अस्पतालबाट निस्कन लाग्दा नर्सको स्टेशनमा सबै भेला भएर ‘वी विस यु अ मेरी क्रिसमस’ भन्दै बिदा गरेका थिए । संसारमा यस्ता धेरै नेताहरु छन्, जसले आफू राजनीतिक जीवनको उचाईमा पुगेर देशको नेतृत्व गरेर बाहिरिएपछि निकै सामान्य भन्दा सामान्य जीवन बिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्