समाजवादी पार्टी अझै अनिर्णयको बन्दी सरकारबाट हट्ने कि नहट्ने !


काठमाडौं : विधान संशोधनको माग पूरा नभएको भन्दै सरकारमा सहभागी समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिने पक्षमा मत बढे पनि अहिले नै हट्नु नहुने तर्क राख्ने समूह पनि उत्तिकै प्रभावमा छ।एक पक्ष ‘सरकारबाट हट्ने निर्णय लिनका लागि समाजवादी पार्टीले यही कात्तिक ३० र ३१ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ’ भनिरहेको छ भने अर्को पक्ष ‘बैठकको एजेन्डा तय नभएको’ दाबी गरिरहेको छ।

समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले आगामी केन्द्रीय समितिको बैठकले सरकारका बारेमा निर्णय लिने नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले भन्नुभयो– ‘संविधान संशोधन गर्ने शर्तमा सरकारमा सहभागी भएका हौं, संविधान संशोधन हुँदैन भने सरकारमा सहभागी हुनुको औचित्य छैन।’ ‘सरकारबाट हटेर संविधान संशोधनको एजेन्डा लिएर जनताका बीचमा जानुको विकल्प छैन।’- नेता श्रेष्ठले भन्नुभयो।

समाजवादी पार्टीबाट पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित तीन मन्त्री सरकारमा सहभागी रहेका छन्।संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपाल मिलेर बनेको समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच संविधान संशोधन नभएको अवस्थामा सरकारबाट बाहिरिने सहमति भएको थियो। तर, सरकारको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका अध्यक्ष यादवले भने सरकारबाट हट्न भाका सार्दै आउनुभएको छ।

सरकारमै रहेर पनि समाजवादी पार्टीले संविधान दिवस मनाएको थिएन। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएको भन्दै गत जेठमा समाजवादी सरकारमा सहभागी भएको थियो।संविधान दिवस नमनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टीसँग असन्तुष्ट रहनुभएको छ।

पार्टीका अध्यक्ष बाबुराम भट्टराईले लामो समय बितिसक्दासमेत संविधान संशोधनको प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल सरकारबाट बाहिरिनुपर्ने दबाब पार्टीभित्र दिँदै आउनुभएको छ। तर अध्यक्ष यादवले भने सरकारलाई एक पटक सचेत गराएर मात्र सरकारबाट हट्ने भन्दै लम्ब्याउँदै आउनुभएको छ।

संविधान संशोधन गर्ने प्रतिबद्धता पूरा नभएको भन्दै यसअघि नै राष्ट्रिय जनता पार्टीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्ष दलको भूमिकामा रहेको छ।
समाजवादी र राजपाबीच पार्टी एकीकरण प्रक्रिया अगाडि बढाउन राजपाले अध्यक्ष यादवलाई सरकार छोड्न दबाब दिँदै आएको छ। सरकारले भने अहिले संविधान संशोधन गर्नुपर्ने औचित्य नै नभएको बताउँदै आएको छ।

गत वैशाख २४ गते संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकीकरण भएर समाजवादी पार्टी बनेको हो। दुई पार्टी एकीकरण गर्ने क्रममा अध्यक्षद्वय भट्टराई र यादवबीच संविधान संशोधन नभए सरकारबाट बाहिरिने सहमति भएको बताइएको छ। तर, ६ महिना बितिसक्दासमेत सहमति कार्यान्वयन नभएको भन्दै समाजवादी पार्टीभित्र अध्यक्ष यादवको आलोचना हुँदै आएको छ।

समाजवादीका उपाध्यक्ष रेनुकुमार यादवले संविधान संशोधनका लागि दुई तिहाइ बहुमतका लागि सरकारमा सहभागी भएको बताउनुभयो।उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारलाई हामी एक पटक गम्भीर हुन सचेत गराउँछौं, संविधान संशोधन आम जनताको माग हो, सरकार गम्भीर हुँदैन भने सरकारमा बस्ने कि नबस्ने भन्ने विषयमा पार्टीले निर्णय लिन्छ, संविधान संशोधन नभए सरकारमा बस्नुको औचित्य छैन।’

सरकारबाट बाहिरिन लाग्नुभएको हो भन्ने जिज्ञाशामा उहाँले कुनै निर्णय नभएको बताउनुभयो। आगामी केन्द्रीय समितिको बैठकमा संगठन र सरकारको समीक्षा हुने बताउँदै यादवले सरकारबाट हट्ने विषयको एजेन्डा अहिलेसम्म तय भइनसकेको बताउनुभयो। याे खबर नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका