बादलमाथि सीर उठाउने विश्वका १० अग्ला भवन (फोटो फिचर)



पछिल्लो समयमा गगनचुम्बी भवन बनाउने होडनै लागेको छ । १८०० को अन्त्यमा सुरु भएर २१ औं सताब्दीमा विश्वले उचो उचो भवन बनाउन थालेको छ । तपाईलाई लाग्ला कि यी भवनबाट के देखिन्छ । यी भवनहरुको उचाई यतीसम्म पनि छ कि सबैभन्दा अग्लो भागमा गएर हेर्दा बादल पनि तल देखिन्छ । अर्को अचम्मको कुरो के छ भने १० सर्वाधिक अग्ला भवन मध्ये पाँचवटा त मुख्यभूमि चीनमै रहेको छ । ताइवानको समेत जोड्ने हो भने १० मध्ये ६ अग्ला भवन चीनमा रहेका छन् । आज हामी तपाईहरुलाई विश्वकै १० सर्वाधिक गगनचुम्बी भवनको बारेमा बताउन लागेका छौ ।

१. बुर्ज खलिफा

हालसम्म पनि विश्वकै अग्लो भवनको रुपमा बुर्ज खलिफा रहेको छ । यो दुबईमा रहेको छ । यसको उचाई ८२८ मिट ररहेको छ भने यसमा १६३ तला रहेका छन् । यसको निर्माण २०१० मा सम्पन्न भएको थियो ।

Image result for burj khalifa

२. सांघाई टावर
यो भवन ६३२ मिटर अग्लो रहेको छ । यसमा १२६ तला रहेका छन् । २०१५ मा निर्माण सम्पन्न भएको यो भवन चीनको सांघाईमा रहेको छ ।

Image result for shanghai tower

३. मक्का रोयल क्लक टावर
यो टावर साउदी अरेबियाको मक्कामा रहेको छ । यसको उचाई ६०१ मिटर रहेको छ भने यसमा १२० तला रहेका छन् । यसको निर्माण कार्य २०१२ मा सम्पन्न भएको थियो ।

Related image

४. पिङ एन फाइनान्स सेन्टर
यो टावर पनि चीनको सेन्झेनम रहेको छ । यसको उचाई ५९९ मिटर रहेको छ भने यसमा ११५ तला रहेका छन् । यो टावरको निर्माण कार्य २०१७ मा सम्पन्न भएको थियो ।

Image result for ping an finance centre

५.लोट्टे वल्र्ड टावर
यो टावर दक्षिण कोरियाको राजधानी सोलमा रहेको छ । यसको उचाई ५५५ मिटर रहेको छ भने यसमा १२३ तला रहेका छन् । यसको निर्माण कार्य २०१७ मा सम्पन्न भएको हो ।

Image result for lotte world tower

६. वन वल्र्ड ट्रेड सेन्टर
यो अमेरिकाको न्यूयोर्कमा रहेको छ । यसको उचाई ५४१.३ मिटर रहेको छ । यसमा १०४ तला रहेका छन् भने निर्माण २०१४ मा सम्पन्न भएको थियो ।

Related image

७.ग्वानझोउ सीटीएफ फाइनान्स सेन्टर
यो टावर पनि चीनको ग्वानझोउमा रहेको छ । यसको उचाई ५३० मिटर रहेको छ भने यसमा ११२ तला रहेका छन् । यसको निर्माण २०१६ मा सम्पन्न भएको थियो ।

Image result for guangzhou ctf finance center

८. तियानजीन सीटीएफ फाइनान्स सेन्टर
यो चीनको अर्को गगनचुम्बी भवन हो । यो चीनको तियानजीनमा रहेको छ । यसको उचाई ५३० मिटर रहेको छ भने यसमा ९६ तला रहेका छन् । यसको निर्माण २०१९ मा सम्पन्न भएको थियो ।

Image result for tianjin ctf finance center

९.सीआईटीआईसी टावर
यो टावर बेइजिङमा रहेको छ । यो ५२७.७ मिटर अग्लो रहेको छ भने भवनमा १०९ तला रहेका छन् । यसको निर्माण २०१८ मा सम्पन्न भएको हो ।

Image result for citic tower

१०. ताइपेई १०१
यो भवन ताइवानको ताइपेइमा रहेको छ । यो भवनको उचाई ५०८ मिटर रहेको छ भने भवनमा १०१ तला रहेका छन् । यो भवनको निर्माण २००४ मा सम्पन्न भएको थियो । काराेबार दैनिकबाट

Image result for ताइपेइ १०१
प्रतिक्रिया दिनुहोस्