माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस ‘सीजन ६’ को मुख्य प्रायोजक



काठमाडौं : माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच कर्पोरेट सुपर सिक्सेस ‘सीजन ६’ को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहेन गरी सम्झौता भएको छ ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा कर्पोरेट सुपर सिक्सर्स ‘सीजन ६’को आयोजना हुने भएको हो ।

माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्टबीच कर्पोरेट सुपर सिक्सेस ‘सीजन ६’ को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहेन गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौतापत्रमा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात यो वर्षको कर्पोरेट सुपर सिक्सेस टूर्नामेंट (Corporate Super Sixes Tournament) को नाम माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्सेस ‘सीजन ६’ टूर्नामेंट (Corporate Super Sixes “Season- 6” Tournament) रहनेछ ।

उक्त सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउँदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए । साथै उनले पूर्वमा झापादेखि पश्चिममा महाकाली सम्म २ सय ७१ भन्दा बढि सेवा सञ्जाल मार्फत आम नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको बैंकले विशुद्ध बैंकिग सेवा मात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउदै आएकोे बताउदै खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने जनाए । प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्सर्स टूर्नामेंट (Corporate Super Sixes Tournament ) कर्पोरेट क्षेत्रको मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए ।

बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १ सय ४१ वटा शाखाहरु, १ सय ३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ६३ वटा एटीएमहरु मार्फत बाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्