भोटेकोशीमा अन्तर्राष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने


मेलम्ची : अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ -याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो ।

नेपाल एशोसिएसन अफ -याफ्टिङ एजेन्सिज (नारा) ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी सहभागी गराइ वार्षिकरूपमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्दै आइरहेका ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ कार्यक्रम यस वर्ष सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोशी नदीमा हुनलागेको नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले बताए ।

Related image

सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन लिएको उद्देश्यअनुरुप पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्नेमा नाराको जोड छ । विश्वभरिबाट साहसिक जलयात्राका लागि बढीभन्दा बढी पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्षमा सहभागी गराउने प्रमुख उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । नाराका अनुसार यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको हो ।

नेपाल एशोसिएसन अफ -यफ्टिङ एजेन्सिज (नारा)को आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहकार्यमा सञ्चालन हुनलागेको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ मा कायाक एक्सट्रम स्लालम, डाउनरिभर रेस, कर्पोरेट -याफ्टिङ रेस र बोटर क्रस गरी चार विधामा कार्यक्रम सञ्चालन गरिनेछ । सो कार्यक्रममा ३० भन्दा बढी देशका ४०० खेलाडी गाइड तथा साहसिक पर्यटनका पारखीलाई सहभागी गराउने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए ।

उत्कृष्ट खेलाडीलाई पुरस्कारको पनि व्यवस्था छ । उत्कृष्ट खेलाडीलाई कम्तीमा एक हजार डलर पुरस्कार दिइने भनिए पनि सहभागी सङ्ख्याका आधारमा पुरस्कार राशि बढ्नसक्ने बताइएको छ । प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्त्याउने तयारी छ ।रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– संघीय संसदको जारी अधिवेशन अन्त्य गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ

काठमाडौं : बिहीबार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौंः आज (बिहीबार) कोरोना संक्रमितहरु ४ सय ७३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छिन् । उनले मन्त्रिपरिषदको सिफारिस

काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद राम नारायण बिडारीले सरकारसँग १० प्रतिशत पुनःकर्जा र ढुवानीमा भ्याट् छुट

काठमाडौं– मन्त्रिपरिषद बिहीबारको बैठकले संसदको वर्षे अधिवेशन आजै ५ बजेबाट अन्त्य गर्न सिफारिस गर्ने निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मन्त्रीपरिषद् बैठक

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले राष्ट्रको जिम्मेवारी लिएकाहरू

पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बिहीवार बिहान थप

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको

काठमाडौं: हिन्दूवादी नेता विनय यादवनेतृत्वको राष्ट्रिय एकता अभियानले परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धी दिएको गैरजिम्मेवारी