सन्दीपको टिम ‘मेलबर्न’ले आज पहिलो खेल खेल्दै



काठमाडौं : बिग बास लिग क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ ।

नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुने खेलमा मेलबर्न स्टार्सले क्यानबेरामा सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । 

मेलबर्नले विदेशी खेलाडी सन्दीप लामिछाने र वेष्ट इन्डिजका ड्यान ब्राभोलाई मात्रै लिएको छ । त्यसैले पनि सन्दीपले पहिलो खेलमै डेब्यु गर्ने सम्भावना बलियो छ । 

ग्लेन म्याक्श्वेलले मेलबर्नको कप्तानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्