अपडेट : जनकपुरमा गोली प्रहारबाट मनोज साहको मृत्यु, स्थानीय त्रसित



जनकपुरधाम : जनकपुरको मुजेलियामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । गोली प्रहारबाट जनकपुरस्थित शिव आयल पेट्रोल पम्प सञ्चालक मनोज साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीमाथि पंकज चौधरीले गोली चलाएका थिए ।

ठेक्कापट्टामा विवाद हुँदा आज (बुधबार) बिहान करिब पौने दश बजे गोली चलेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कँडेलले गोली चलाउने एकलाई प्रहरीले नियन्त्रणमा लिएको समेत जानकारी दिएका छन् ।

प्रहरीले घटनास्थलबाट नलकटुवा समेत बरामद गरेको सुरक्षा स्रोतले जनाएको छ भने गोली चलाउने व्यक्तिको नाम समेत गोप्य राखिएको स्रोतले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कँडेलले मुजेलियामा आज विहान नल कटुवा बन्दुक चलेको र एक जनाको घट्नास्थलमै मृत्यु भएको स्वीकार गरे पनि घटनाको सम्पूर्ण विवरण नआईसकेको द नेपालटपलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्