मनाङ्गेको जीवनकथामा चलचित्र बन्ने



काठमाडौं : प्रदेशसभा सांसद दीपक मनांगेको जीवनकथामा आधारित चलचित्र ‘मनाङ्गे’ निर्माण हुने भएको छ ।

रुपमा जमन बिष्टको निर्देशनमा बन्न लागेको चलचित्रको निर्माण किरण नेपाली र अमलादेवी राईले गर्ने भएका छन् । जमन आफैले अहिले कथामा काम गरिरहेका छन् ।

चलचित्र ‘मनाङ्गे’ले दीपक मनाङ्गेको कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । निर्माता नेपालीले भने–‘दीपक दाइको कथामा चलचित्र बनाउन मेरो कम्पनीले अधिकार लिएको छ ।’ जमनले ओस्कार कलेजबाट स्नातक र सेफर्ड कलेजमा चलचित्र बिषयमै स्नातकोत्तर गरेका छन् ।

दीपक मनाङ्गेको जीवनमा थुप्रै उतारचढाव छन् । डनदेखि सांसदसम्म भएका दिपकको बायोपिक दर्शकका लागि रोचक हुने निर्माणपक्षको विश्वास छ । २०७७ सालको चैत्रको अन्तिम साता चलचित्र रिलिज गर्ने निर्माता नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्