सालकको खपटा र बाघको छाला सहित २ पक्राउ




काठमाडौं : दुर्लभ वन्यजन्तु सालकको खपटा करिब १ केजी ४ सय ग्राम र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई हिजो मंगलबार काठमाडौं महानगरपालिका–२६ नरसिंह चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएका २८ वर्षीय नवराज न्यौपाने र गोरखा सिरान चोक गाँउपालिका–६ घर भएका २२ वर्षीय केशव अर्याल रहेको प्रहरीले बताएको छ ।

दुर्लभ वन्यजन्तुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त खपटा र छाला सहित फेला पारी पक्राउ गरेको र पक्राउ परेका दुबैलाई उक्त खपटा र छाला सहित आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्