सांसदको अड्डामा यौनकर्मीको अखडा



काठमाडौ : भिभिआईपी यौन काण्डमा परेर अहिले पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरी हिरासतमा बसिरहेका बेला अर्का चर्चित सांसद तथा अर्वपति विनोद चौधरीको व्यवसायिक संस्थामा पनि यौनकाण्डको बाछिटा छिरेको छ । यस कुराले व्यापारीहरुबीच चर्चा हुँदै हलचल ल्याएको छ ।

अर्बपति चौधरी आफ्नो नभई उनको व्यवसायमा सहायक बनेर आउने व्यक्तिले मच्चाएको यो काण्डले अहिले उनलाई अप्ठ्यारोमा पारेको हो । कुनै बेला कुमारी बैंकको प्रमुख कायर्ककारी अधिकृत (सिइओ) रहेका उदयकृष्ण उपाध्याय कोटेश्वरको एउटा क्याबिनमा पुगेर यौनसम्बन्ध कायम गरिरहेकै बेला रंगेहात पक्राउ परेका थिए ।

उनलाई अहिले एसपी भएर पोखरा खटिएका दानबहादुर कार्कीले रंगेहात पक्राउ गरेको थियो भने नयाँ बानेश्वर वृत्तमा राखेर अनुसन्धान गरेका थिए । त्यही काण्डमा परेर सिईओ उपाध्यायको जागिर समेत चट् भएका थिायो ।

तर यौनकाण्डमा मुछिएका उनै उपाध्यायलाई चौधरीले पुरस्कृत गरेका छन् । चौधरीले उपाध्यायलाई युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्ष बनाएका छन् ।

त्यति मात्रै होईन चौधरीले उपाध्यायलाई नबिल बैंकको विज्ञ सञ्चालक समेत बनाउन सफल भएका छन् । यौनकाण्डमा मात्र नभई विभिन्न काण्डमा मुछिएका व्यक्तिहरुलाई चौधरीले च्याप्न थालेपछि उनको व्यापारिक घरानामा विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।
यस्तै अर्को अवैध रुपमा दुई करोड कर्जा प्रवाह गर्ने अजय मिश्रलाई पनि उनले युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृत बनाईएको छ ।

जनता बैंकको डेपुटी सिइओ हुँदा विभिन्न कसुरमा मुछिएका मिश्रलाई चौधरीले फाईनान्सको (सिइओ) बनाएका हुन । मिश्र तिनै हुन जसले तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकमा हुँदा हुँदै नभएको जग्गा धितोमा राखी दुई करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

जनता बैंकबाट विनोद चौधरीको फाइनान्समा सिइओ बन्न पुगेका उनीविरुद्ध उजुरी प¥यो । प्रहरीको वान्टेड सूचीमा परेका उनी फरार भए । सो पदमा आजसम्म पनि कम्पनीले अर्काे व्यक्तिलाई नियुक्ति दिलाउन सकेको छैन र त बेवसाइटमा आजसम्म पनि उनलाई सिइओकै रूपमा देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्