जहिल्यै जिल्ला फेरिने गाउँ



रुकुम : पुनःसंरचनासँगै रुकुम जिल्ला पुर्व र पश्चिम गरी विभाजित भयो । रुकुमपुर्व कान्छो जिल्ला बन्यो । यहाँको मैकोट बस्ती यस पटक पनि नयाँ भुगोलमा पर्यो । 

राणकालदेखि यहाँका वासिन्दाको ठेगाना फेरिएको फेरियै छ । जति पटक मुलुकको पुनःसंरचना हुन्छ यहाँँका वासिन्दा नयाँ जिल्लाका बन्छन् । 

साबिकको मैकोट र अहिलेको पुथाउत्तरगंगा गाउँपालिका १ र २ वडाका स्थानीयलाई सधैँ फरक जिल्लामा पर्ने गरिएको छ । 

रुकुममा तत्कालीन तकबाछी, हुकाम, मैकोट र रन्मा गाउँ पञ्चायत पाल्पा गौंडाअन्तर्गत थिए । गौंडा, उतिबेला सरकारी कार्यालय राखिने स्थान हो । पाल्पा गौंडापछि यी स्थानलाई ०१८ मा बाग्लुङ गौंडा सारियो । । डेढ वर्ष बित्न पाएको थिएन, उनीहरु डोल्पाली भए । डेढ वर्ष डोल्पाका बासिन्दा बनेपछि उनीहरु पुनः बागलुङमै फर्काइए । 

बागलुङ गौंडा समयक्रममा धौलागिरि अञ्चलाधीश कार्यालयमा रुपान्तरित भयो । बागलुङअन्तर्गत रहेका यी गाउँलाई पुनः रुकुममा समावेश गरियो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्