पार्टी विरोधी तत्व विरुद्ध लाग्न प्रभु शाहको आग्रह



कलैया : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश २ का अध्यक्षप्रभु साहले एकता विरोधीहरुले पार्टीभित्र भाँडभैलो मचाइरहेको बताएका छन् ।

दसैं,दिपावलीतथा छठ पर्वको अवसरमा बुधबार बाराको विश्रामपुर गाउँपालिका–२, बरनिया बजारमा नेकपागाउँ कमिटीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष साहले पार्टी एकता भाँड्न खोज्ने तत्वहरुबाट सावधान रहन कार्यकर्ता पंक्तिमा आग्रह गरेका छन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनलाई मात्र नभई राष्ट्रिय राजनीतिलाई नयाँ ढंगले दिशाबोध गर्न, मुलुकमा स्थायित्व कायम गर्न, मजबुत र स्थिर सरकार निर्माण गर्न तथा मुलुकबाट विभेदको अन्त्य गरी समृद्ध नेपाल निर्माण गर्न गर्ने महान उद्देश्य सहित हामीले ऐतिहासिक पार्टी एकता गर्यौ’ साहले भने, ‘तर यो एकता कतिपयहरूलाई मन परेन । तिनीहरू आज पार्टीभित्र भाडभैलो मच्चाएर देशमा अस्थिरता सृजना गर्न उद्धत छन् । हामी देख्न सक्छौं पार्टी एकतालाई निष्कर्षमा पुर्याउदै क्रान्तिलाई नयाँ उचाईमा लैजानुको सट्टा एकता विरोधीहरु आफैले बनाएको बिधिबिधान तोड़न उद्धत छन ।’

पार्टी कमिटीलाई तल सम्म जान नदिन र एकता भाँड्ने उद्देश्यले अनावश्यक गुटबन्दी गर्ने काम भईरहेको बताउँदै उनले पार्टीको कार्यक्रम बहिष्कार गर्ने तथा तोडफोड गर्ने, नेतामाथि आक्रमणको प्रयास गर्ने जस्ता काम पार्टीका असली कमरेडहरुले गर्ने होइनती पार्टी एकतातथा कम्युनिष्ट आन्दोलन विरोधीहरुले गर्ने हुन् । हामीले यस्ता तत्वहरुबाट पार्टी र कम्युनिष्ट आन्दोलनलाई जोगाउँन लाग्नुपर्ने आजको आवश्यक्ता रहेको उनले बताए ।

बारा सहितप्रदेश २ को बिकासका लागि संघीय सरकारले राम्रा योजनालागु गरेको बताउँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको सपना पुरा हुने बताए । उत्तर देखी दक्षिण र पुर्वदेखी पश्चिम सम्मको क्षेत्रमा बिकासको लागि बिभिन्न महत्वपूर्ण योजनाहरु पुरा गर्ने काम संघीय सरकारले गरिरहेको उनले बताए ।

प्रदेश २ सहित समग्र मुलुकको बिकासका लागि आफूले बिभिन्न महत्वपूर्ण योजनहरु कार्यान्वयन गराउँन सक्रिय रहेको बताउँदै उनले बाराको बिकासका लागि सकारात्मक भुमिका खेल्ने बताए । हालै बारा सहित पर्सामा समेत आएको डोनाल्टो पीडितका लागि घर निर्माण लगायका काम सम्पन्न गरिएको बताउँदै उनले यहाँको महत्वपुर्ण पेशा कृषीको बिकासका लागि समेत सरकारले सहयोग गर्ने बिश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्