इन्धनमा दोहोरो सुविधा लिइरहेका मन्त्री भन्छन्- ‘थाहै भएन’



ईश्वर पोखरेल

मेरोतर्फबाट सचिवालयका कसैले भूलचुक गरेको रहेछ भने म बोल्छु । गैरकानुनी तरिकाले सुविधा लिएको भए अनुचित हो, त्यसो हुन दिइन्न ।

 

मातृका यादव

मेरो तलबभत्ता आफै बुझ्दिनँ । मेरो खातामा पनि पैसा आउँदैन । सबै स्वकीय सचिवले बुझ्नुहुन्छ । दोहोरो सुविधा लिएको भए सच्याउँछु ।

 

रघुवीर महासेठ

मसँग दुईवटा गाडी छन्, गृह र आफ्नै मन्त्रालयले दिएको । दुवै गाडीमा म आफै इन्धन हाल्छु । मेरो सचिवालयले के जानकारी दियो, मलाई थाहा छैन । (तर, उनको सचिवालयले भने इन्धन सुविधा लिने गरेको जानकारी दियो)

 

 गोकर्ण विष्ट

मन्त्रीका प्रेस संयोजक मदन खनालले भने, ‘समाचार प्रकाशित भएलगत्तै सचिवालय र प्रशासन महाशाखाका कर्मचारीलाई बोलाएर जानकारी लिनुभएको छ, कार्यविधि र निर्देशिकामा के छ भनेर पत्ता लगाउनू भन्नुभएको छ ।’

 

शक्ति बस्नेत

मन्त्रीका स्वकीय अधिकृत तथा भतिज मुक्ति बस्नेतले भने, ‘पहिला व्यवस्था के थियो, अभ्यास के थियो भन्ने हेर्नुप¥यो, अभ्यासलाई मान्दै आएको हो, गलत भए सच्याउँछौँ । गाडी र इन्धनको विषयमा मेरो धारणाले हुँदैन, मन्त्रीज्यूलाई भन्छु ।’

 

गोकुल बाँस्कोटा

यो विषयमा प्रधानमन्त्रीज्यूले पनि प्रश्न उठाउनुभएको छ । प्राविधिक त्रुटि भए सच्याएर जानुपर्छ भन्ने छ । तर, मेरो विषयमा गृहले दिएको गाडीमा इन्धन आफै हाल्छु, काठमाडौंबाहिर जाँदा जिपमा मन्त्रालयले इन्धन हाल्छ । – नयाँपत्रिकावाट

प्रतिक्रिया दिनुहोस्