थाईल्याण्डको राजपरिवारमा देखिएको उथलपुथल



थाईल्याण्ड : थाईल्यान्डका राजाले सोमवार आफ्नी एक उपपत्नीको राजकीय उपाधि तथा अन्य सबै पद खोसिदिएर धेरैलाई आश्चर्यचकित पारिदिए।

वाचिरालङ्कन राजा बन्नुअघि सिनीनात वङ्वाचिराफाक नाम गरेकी ती महिला उनकी भित्रनी थिइन्। राज्याभिषेक भएको दुई महिनापछि गत जुलाई महिनामा राजाले उनलाई औपचारिक रूपमै उक्त उच्च सम्मान प्रदान गरेका थिए।

राजाले सुथिदासँग विवाह गरेको घोषणा गरेर उनलाई महारानीको उपाधि दिएको केही समयपछि सिनीनातलाई आफ्नी उपपत्नीमा बढुवा गरेका थिए।

महारानी सुथिदा उनकी चौथी पत्नी हुन्। यसअघि उनले आफ्ना तीन विवाहिता पत्नीलाई छोडिसकेका थिए।

तर सिनीनातले महारानीसरहको स्थान खोजेको र उनको व्यवहार अपमानजनक भएको आरोपमा उनका सबै राजकीय उपाधि खोसिएको छ।

सन् २०१६ मा आफ्ना पिताको देहान्त भएपछि वाचिरालङ्कनले थाईल्यान्डको राजगद्दी आरोहण गरेका थिए।

थाई शाही कानुनले राजतन्त्रको आलोचना गर्न प्रतिबन्ध लगाएको छ। कसैले त्यसो गरेमा धेरै वर्ष जेल सजाय हुन सक्छ।

उपपत्नी भनेको के हो ?

थाईल्यान्डमा राजगद्दीमा आसीन राजपुरुषले विधिवत् विवाह गरेकी पत्नीबाहेक अरू महिलालाई पनि विवाह गर्ने प्रचलन छ।

राजाले ती महिलालाई औपचारिक रूपमा उपपत्नीको उपाधि दिन सक्छन्।

चौतीस वर्षीया सिनीनात झन्डै एक शताब्दीमा थाईल्यान्डमा राजकीय उपपत्नीको उपाधि पाउने प्रथम महिला हुन्। जुलाईमा उनलाई त्यो उपाधि दिइएपछि उनी ‍औपचारिक रूपमै राजाकी स्त्री बन्न पुगिन्, तर रानी चाहिँ बनिनन्।

ऐतिहासिक रूपमा देशका विभिन्न प्रान्तका शक्तिशाली परिवारको आफूप्रति बफादारी कायम राख्न थाई राजाहरूले उपपत्नीहरू राख्ने गरेका थिए।

शताब्दियौँदेखि थाई राजाहरूले बहुविवाह गर्ने र उपपत्नीहरू राख्ने गरेका थिए।

यसअघि सन् १९२० को दशकमा थाई राजाले औपचारिक रूपमा उपपत्नीको चयन गरेका थिए। तर सन् १९३२ मा थाईल्यान्डमा राजतन्त्र संवैधानिक भएपछि शाही उपपत्नीको उपाधि दिइएको थिएन।

सिनीनातबारे के थाहा छ ?

सिनीनातलाई शाही उपपत्नीको उपाधि दिइएको बेला राजदरबारले उपलब्ध गराएको जानकारीबाहेक उनीबारे धेरै जानकारी उपलब्ध छैन।

ूदरबारले हामीलाई उपलब्ध गराएकोबाहेक हामीलाई उनको विगतबारे धेरै थाहा छैन,ू क्योटो विश्वविद्यालयका दक्षिणपूर्वी एशियाली अध्ययन केन्द्रका सहायक प्राध्यापक पाविन चाचाभाल्पोङ्पोन भन्छन्।

उनको जन्म सन् १९८५ मा उत्तरी थाईल्यान्डमा भएको बताइन्छ।

उनी पहिला नर्सको काम गर्थिन्। तर तत्कालीन युवराज वाचिरालङ्कनसँग सम्बन्ध गाँसिएपछि उनको सम्बन्ध सैनिक जीवन र सुरक्षा संयन्त्रसँग जोडिन पुग्यो।

उनी अङ्गरक्षक, विमानचालक र प्यारश्यूटिस्ट हुँदै शाही रक्षक बनिन्। यसै वर्षको सुरुमा उनी मेजर जेनरल बनिन्।

सिनीनात वङ्वाचिराफाक

उनका लागि चाओ खुन फ्रा अर्थात् शाही उपपत्नीुको उपाधि सर्वोच्च सम्मान थियो।

लगत्तै दरबारले उनको औपचारिक व्यक्तिगत विवरणसँगै विभिन्न तस्बिरहरू सार्वजनिक गरिदियो। त्यस क्रममा उनले लडाकु विमानमा बसेर खिचाएको तस्बिर पनि सार्वजनिक गरियो।

तर अहिले ती तस्बिरहरू दरबारको वेबसाइटबाट हटाइएको छ।

अहिले उनको स्थिति के छ?

राजपत्रमा जनाइएअनुसार राजाप्रति दुर्व्यवहार र विश्वासघातू गरेको हुनाले सिनीनातका सबै शाही र सैन्य उपाधि खोसिएको छ।

उनी महत्वाकाङ्क्षीू बनेको र उनले महारानीसरहको हैसियत लिने प्रयासू गरेको उल्लेख गरिएको छ।

जुलाईमा सिनीनातलाई राजाले उपपत्नीको उपाधि दिएका थिए
ूशाही उपपत्नीको व्यवहार सम्मानजनक नभएकोू र उनी ूराजा र रानीप्रति बफादार नभएकोू पाइयो। उनले राजाको नाम लिँदै आफूले आदेश दिने गरेको बताइएको छ।

अमेरिकाको कोर्नेल विश्वविद्यालयमा इतिहासकी प्राध्यापक तामारा लुसका अनुसार दरबारमा साँच्चै के भएको थियो भन्ने कुरा पारदर्शी छैन।

यस्ता परिस्थितिहरूमा प्रायस् पर्दापछाडिबाट कसैले औधी धेरै हैकम चलाउने प्रयास गरिरहेको हुन्छ। सिनीनात त्यस्तै अवस्थामा परेकी हुन सक्छिन् र उनले त्यसलाई आफूप्रतिकूल हुनेगरी चलाएको हुन सक्छ, उनले भनिन्।

सिनीनात वङ्वाचिराफाक

उनको विचारमा दरबारभित्र गुटबन्दी पनि भएको हुन सक्छ।

थाई राजदरबारले जारी गरेको विज्ञप्तिले थाईल्यान्डमा अझै सक्रिय आधुनिक राजतन्त्रको उदय हुन लागेको सङ्केत गर्छ।

अब के हुन सक्छ ?

लोकप्रिय राजा पुमिपोनको देहान्त भएपछि वाचिरालङ्कन राजा भएका थिए
सिनीनातलाई सबै पद र उपाधिबाट च्युत गरिएको छ। तर अब उनलाई के होला भन्ने कुरा स्पष्ट छैन।

अब उनलाई के होला हामी यसै भन्न सक्दैनौँ,ू पाविन भन्छन्। उनका विचारमा अब लिइने निर्णय अपारदर्शी नै हुन सक्छ।

जसरी उनको विगतबारेको सूचना दरबारको नियन्त्रणमा थियो, उनको भविष्यबारे पनि त्यसै हुन सक्ने अनुमान गरिएको छ।

वर्तमान थाई राजाले चार पटक विवाह गरे। राजकुमारी सोमसवालीसँग उनको वैवाहिक सम्बन्ध १९७७ देखि १९९३ सम्म रह्यो।

सिनीनातको घटुवा प्रकरण राजा वाचिरालङ्कनका दुई पूर्वपत्नीसँग सम्बन्धित घटनासँग मिल्दोजुल्दो छ।

सन् १९९६ मा उनले आफ्नी दोस्रो पत्नी सुचारिनी विवाचारावोङलाई परित्याग गरेका थिए। उनको अर्को नाम युवाथिदा फोल्प्रसिथ हो। पतिले छोडेपछि उनी भागेर अमेरिका पुगिन्।

वाचिरालङ्कनले उनीबाट जन्मिएका चार छोरालाई पनि अस्वीकार गरिदिए।

सन् २०१४ मा उनले आफ्नी तेस्री पत्नी श्रीरात सुवादीको उपाधि पनि खोसिदिएका थिए। त्यसपछि उनी कहाँ छिन् कसैलाई थाहा छैन।

उनका मातापितालाई राजद्रोहको कसुरमा करागार हालियो। तर उनीबाट जन्मिएका १४ वर्षीय छोरालाई राजाले हुर्काइरहेका छन्।

सिनीनात

उनका पूर्वपत्नीहरूले आफूले भोगेको परिस्थितिबारे केही कुरा पनि सार्वजनिक गरेका छैनन्।

अब के हुन्छ ?
राजगद्दीमा बसेदेखि नै महा वाचिरालङ्कनले आफ्ना पिताको तुलानामा शक्तिको प्रयोग अलि धेरै नै गरिरहेका छन्।

यो वर्षको सुरुमा राजधानी ब्याङ्ककका दुई सैनिक एकाइलाई उनले सीधा आफ्नो नियन्त्रणमा राखे। त्यसअघिका राजाले सेनालाई त्यसरी आफ्नो नियन्त्रणमा राखेका थिएनन्।

सिनीनातलाई त्याग गर्दा क्रूर र कडा भाषा प्रयोग गरेर राजा आफूले दिएको दण्डलाई वैधता दिन चाहन्छन्, पविन भन्छन्।

थाई राजद्रोहसम्बन्धी कानुनअनुसार अहिले गरिएको शाही उपपत्नीको घटुवाबारे पनि देशमा सार्वजनिक बहस गर्न वर्जित छ।

तर पर्यवेक्षकहरू भन्छन् अहिलेको घटना थाई जनताको मस्तिष्कमा गढेर बसेको छ। बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्