गगन र अग्नि यसरी जोडिए



काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको भन्दै पक्राउ परेको दुई साता भन्दा बढी भयो । र, अहिले त्यसको विभिन्न पाटोबाट विश्लेषण भइरहेको छ । तर, यही बेला यो मुद्दामा अर्को प्रसंग जोडिन आईपुगेको छ । त्यसले पनि नयाँ रुप लिने संकेत गरेको छ ।

बलात्कारको प्रयास सभामुखको तहबाट भयो भन्ने जुन आरोप लाग्यो त्यो निन्दनीय छ नै यही बिचमा चर्चा र सुषुप्त रुपमा अमेरिकी सहयोगको परियोजनाको मुद्दा एमसीसीको प्रसंगले मुद्दालाई अर्कै मोड लिन लागेको स्रोत बताउछ । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइले पनि त्यस्तै संकेत गरिदिएको छ ।

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकामा पुगेर अमेरिकाको ५३ अर्ब रुपैयाँ बराबरको सहायता परियोजनामा हस्ताक्षर गरेका थिए । त्यो परियोजनाको नाम थियो मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट(एमसीसी) । साँघु साप्ताहिक लेख्छ – त्यो परियोजना अहिलेसम्म नेपालमा कार्यान्वनमा आइसकेको छैन । नोपलको संसदबाट पारित गर्नुपर्ने भएकोले त्यो अहिलेसम्म संसद सचिवालयमा थन्किएको छ । स्रोत भन्छ, निवर्तमान सभामुख महराले त्यो प्रस्तावमाथि छलफल अगाडि बढाउन चाहेनन, त्यसमा उल्लेख भएको भारतीय सहमतिमा नेपालका परियोजना सञ्चालन गर्ने सर्तका कारण । त्यसबाहेक यो अमेरिकी परियोजना हिन्द–प्रशान्त रणनीतिसँग जोडिएको थियो । त्यसप्रति लामो समयसम्म महरा सकारात्मक देखिएनन् । प्रधानमन्त्री केपी ओलीमात्र होइन, अमेरिकी राजदूतावासले पनि पटकपटक प्रस्ताव अगाडि बढाउन विभिन्न च्यानलबाट दबाब र सुझाव दिएका थिए । श्रोत भन्छ, त्यसलाई पनि महराले स्वीकार गरेनन् ।

२०७६ कात्तिक २ गते कान्तिपुर दैनिकमा छापिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले महराले एमसीसी परियोजना प्रस्ताव रोकेर गलत गरेको बताएका छन् । स्रोतका अनुसार, एमसीसी चाडो टुंग्याउन २०७६ असोजको पहिलो साता अमेरिकी प्रतिनिधिहरूको दबाब र सुझाव पनि थियो । नेकपाको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले सभामुख महराले एमसीसी पारित प्रक्रिया अगाडि नबढाएकोमा गुनासो गरेका थिए । जब सभामुख महरा हिरासतमा पुगे अनि प्रधानमन्त्री ओलीले मुखर भएर त्यो कुरा किन बोले ? भन्ने प्रश्न २०७६ कात्तिक २ गते दिनभर पूर्वमाओवादी नेताहरू बिच चर्को रुपमा उठ्यो ।

स्रोत भन्छ, पूर्वमाओवादी नेताहरूमात्र होइन, नेकपा भित्रको ठूलो पंक्ति अहिले त्यही अमेरिकी एमसीसी मुद्दासँग जोडिएर महरामाथि अनैतिकताको एक्बुस थापेर आक्रमणको प्रयास भयो । अझ एकथरी नेताहरूको भनाई त शाहीसँगको सम्बन्धलाई रणनीतिक रुपमा उपयोग गरिएको चर्चा पनि सुरु भएको छ । प्रधानमन्त्रीले पटकपटक एमसीसी परियोजना प्रस्ताव पारित नगरेर गल्ती गरेको भन्नु अनि आउँदो हिउँदे अधिवेशनमा पारित हुन्छ भनेर बोल्नुले महराको यौनजन्य हिंसा काण्ड जेलिन थालेको छ ।

नेकपा स्रोतका अनुसार, महराले भदौमा एमसीसीको प्रस्ताव पारित गराउन दबाब आएको नेकपाका केही सांसदसँग कुराकानी गरेका थिए । त्यसैको सेरोफेरोमा कान्तिपुर दैनिकमा समाचारमा पनि आएको थियो । एमसीसी परियोजनामा भारतीय स्वीकृत लिनुपर्ने बुँदासमेत रहेको भन्दै । त्यसपछि यो प्रकरण झन् जेलिन थालेको थियो । त्यो अमेरिकी एमसीसी परियोजनाका केही बुँदा सच्याउनुपर्ने पक्षमा सांसदहरू पनि थिए । र, महरा स्वयम् पनि सी चिनफिङको भ्रमण पहिला एमसीसी प्रस्ताव पारित गर्न नहुने भन्दै लविङ गरेका थिए, जुन कुरा अमेरिकी दूतावासमात्र होइन प्रधानमन्त्रीलाई पनि चित्त बुझेको थिएन ।

अर्कोकुरा, रोशनी शाहीले महरासँग चारवटा प्रस्ताव राखेको खुलेको छ । स्रोतका अनुसार, विगत केही महिनादेखि ती चार कुरा मानिदिन आग्रह गर्दै शाहीले महरालाई चर्को दबाब दिइरहेकी थिइन । शाहीको पहिलो माग थियो, काठमाडौं घरजग्गा जोडिदिनुपर्ने, दोस्रो शाहीले भनेको व्यक्तिलाई राजनीतिक नियुक्ति दिलाइदिनुपर्ने । तेस्रो कर्मचारी समायोजनामा आफूलाई संसद सचिवालयमै मिलाईदिनुपर्ने र चौथो सम्पर्कमा भइरहनुपर्ने ।

शाहीका यी मागमध्ये महराले घरजग्गाको मुद्दालाई समस्याका रुपमा लिए । अर्थात् घरजग्गाको व्यवस्थापन गरिदिने प्रयासमा पनि गरेका थिए । तर, शाहीको आकांक्षा थाम्नै नसक्ने धेरै भयो । २०७६ असोज १२ गते घटनाभन्दा करीब एकमहिना पहिला महरा काजकस्तिान भ्रमणमा गएका थिए । त्यो बेलामा पनि त्यही घरजग्गाको मुद्दाले झगडा परेको थियो । सुरक्षा स्रोतका अनुसार, त्यो मुद्दा मिलाउन महरालाई सकस परिरहेका बेला घटना सार्वजनिक भयो । यो घटना सार्वजनिक गराउने महत्वपूर्ण योजनामा कांग्रेस सांसद गगन थापा र महान्यायाधिवक्ता अग्नि खरेलर्ले भूमिका खेलेको पूर्व माओवादी नेताहरुको आरोप छ । समानुपातिक सांसद उमा रेग्मी(अधिकारी)ले गगनलाई घटनाबारे बुझ्न भनेपछि गगनले मिडिया परिचालन गरेको आरोप छ ।

अग्निको हातमा भिजुअल !

कृष्णबहादुर महराका कमजोरीबारे पार्टीमा धेरैलाई जानकारी थियो । त्यसमा पनि पूर्वमाओवादीका शक्तिशाली नेतृहरूलाई झन् बढी जानकारी थियो । थाहा भएपनि त्यो मुद्दा बाहिर भने आएको थिएन, तर चर्चा भने हुने गरेको थियो । अझ बर्षमान पुनकी श्रीमती ओनसरी घर्तीलाई त झन् बढी जानकारी भएको नेताहरूको भनाई छ । तर, अहिले महरा उनीहरूकै दबाब र प्रयासमा भन्दा पनि फरक व्यक्ति र पात्रमार्फत महरा काण्ड सार्वजनिक भएको नेकपामा चर्चा हुन थालेको छ । कांग्रेसका सांसद गगन थापा र पूर्वएमालेका नेता अग्नि खरेलको नाम यसमा मुछिन थालेको छ ।

नेकपा स्रोतका अनुसार, तीनकुनेको सुविधानगर क्षेत्रमा बसोबास गर्ने खरेल परिवारकै आसपासमा महरासँग जोडिएकी पात्र रोशनी शाहीको बसाई थियो । महान्यायाधिवक्ता समेत रहेका खरेलकी श्रीमती त्यस टोल सुधार समितिकी अध्यक्ष हुन् । यो परिवारलाइे महरा–रोशनी सम्बन्धको जानकारी थियो । खरेलकै श्रीमतीको प्रयासमा शाहीको वसोवास भएको क्षेत्रमा टोलको सुरक्षाका नाममा सिसि क्यामेरा फिट गरिएको थियो । टोलको सुरक्षाका लागि हो कि नियतबस हो भन्ने चाहिं प्रष्ट छैन । तर, शाही बस्ने घरनजिकै सिसि क्यामेरा भने राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्