रेल्वे अगाडि बनाइएका घर महानगरपालिकाले हटाउँदै



वीरगञ्ज : वीरगञ्जको रेलवे सडक अतिक्रमण गरि बनाइएका घर टहराहरु व्यवस्थित वीरगन्ज अभियान मार्फत महानगरले भत्काउन थालेको छ । 

बिहीबारदेखि अतिक्रमण गरि बनाइएका घर टहराहरु भत्काउने काम थालिएको हो । अतिक्रमण गरि बनाइएका संरचना हटाउन सुचना जारी गरेपनि अटेर गरेकाले भत्काउन थालेको वीरगञ्ज महानगरले जनाएको छ । 

वीरगञ्जलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने अभियान अन्तर्गत मुख्य सडक तथा भित्री सडकहरुमा अतिक्रमण गरी बनाइएका घर टहरा र सडकमा जथाभावी राखिएका निर्माण सामग्री, ठेला, पसल हटाउने कामलाई तिव्रता दिएको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्