मस्तिष्क स्वस्थ राख्न के गर्ने ?



काठमाडौं: कार्यव्यस्तताका कारण कतिपयले ब्रेकफास्ट गर्न बिर्सिरहेका हुन्छन् । ब्रेकफास्ट नगर्दा बिहानको खाना बढी खाइन्छ । त्यसले मोटोपन ल्याउन सक्छ । दिनहुँ ब्रेकफास्ट गर्दा सोच्ने क्षमतामा समेत वृद्धि हुन्छ । तसर्थ, सधैँ ब्रेकफास्ट गर्ने ।

 

अबेरसम्म काम गर्दा दिमागमा नकारात्मक असर पर्न जान्छ । ढिलासम्म मोबाइल वा कम्प्युटर चलाउने बानीले आँखामा समेत असर पर्दछ । तसर्थ, बेलुका चाँडै सुत्ने ।

 

बिहान ढिलासम्म सुत्ने बानी गर्दा नकारात्मक सोच आउने, चिन्ता लाग्ने, मुड अफ हुनेजस्ता समस्या देखा पर्न सक्छन् । यसर्थ, बिहान ढिलासम्म सुत्ने नगरौं ।

 

कम्प्युटर चलाउँदा र टिभी हेर्दा खानेकुरा नखाने । यसरी खानेकुरा खाँदा दिमाग केन्द्रित हुँदैन र कतिपय अवस्थामा मस्तिष्कमा नकारात्मक असरसमेत पर्दछ ।

 

धूम्रपान मस्तिष्कका लागि हानिकारक हुन्छ । धूम्रपानले अल्जाइमर, डिमेन्सिया, ब्रेन स्ट्रोक हुने सम्भावना रहन्छ । त्यसैले धूम्रपान नगर्ने ।

प्रतिक्रिया दिनुहोस्