दलितलाई कुटपिट गर्ने जनप्रतिनिधि विष्ट पक्राउ


पाल्पा : दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१ वर्षीय मोहनवीर नेपालीलाई वडा सदस्य विष्टले कुटपिट गरेको थियो ।

जातीय छुवाछूतविरुद्ध कसुर ऐन र कुटपिटसम्बन्धी पीडित नेपालीले दिएको उजुरीका आधारमा प्रहरी विष्टलाई पक्राउ गरेको हो । विष्टलार्ई बुधबार बेलुकी नै जिल्ला अदालत पाल्पाबाट आठ दिनको म्याद थप गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

आइतबार बिहान आर्थिक लेनदेनसम्बन्धी कुराकानी गर्ने विष्टले नेपालीलाई कुटपिट गरी घाइते बनाएका थिए । त सार्की डाङ्ग्रालाई के को पैसा भन्दै कुटपिट गरेको प्रहरीको दाबी छ । कुटपिटबाट नेपालीको आँखा, घाटी र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

जनप्रतिनिधि विष्टले आफूले नेपालीलाई कुटपिट गरेको स्वीकार गरिसकेका छन् । विभिन्न राजनीतिक दलले घटनालाई मिलापत्रमा टुङ्ग्याउन खोजेपछि पीडित नेपालीले दोषीउपर कारवाही हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख

काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५०