चिसोमा गाडी स्टार्ट नभएर हैरान हुनुहुन्छ? यसो गर्नुस्



जाडोमा गाडी गाडी तथा मोटरसाइकल जभाभाबी पार्किङ गर्दा इन्जिन जमेर स्टार्ट नहुने सम्भावना हुन्छ ।

आजभोलि तर कतिपय गाडीले बाहिरको वातावरणबारे कम्प्युटरबाट जानकारी लिएर त्यहीअनुसारको फ्युल माग्ने गर्छन् ।

तर पनि गाडीलाई कन्डिसनमा राख्न चिसोबाट जोगाउन सचेत हुन आवश्यक छ । आजको नयाँ पत्रिकाले यस्तो टिप्स दिएको छः

-चिसो ठाउँमा पार्किङ गर्दा वाटर ट्रिटमेन्ट राख्नुपर्छ ।

-पानीमा एन्टी फ्रिजी मिसाएर रेडिएटरमा राख्नुपर्छ ।

-यसको प्रयोगले रेडिएटर चिसोमा पनि जम्दैन ।

-रेडिएटरलाई प्वाल पर्न, फुट्नबाट बचाउनुपर्छ ।

-अत्यधिक चिसोका कारण ब्याट्री ड्यामेज हुने खतरा हुन्छ । त्यसैले ब्याट्रीको रेखदेख गरिरहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्