नवलपरासीमा लागुऔषधसहित दुई पक्राउ


परासी : पश्चिम नवलपरासीमा लागुऔषधसहित दुई युवा पक्राउ परेका छन् । प्रहरी चौकी गेरमीको टोलीले जिल्लाको भारतीय सीमा नजिकै पाल्हीनन्दन–५ चमनटोलबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१० मन्झरीयाका ४० वर्षीय विश्राम हरिजन र पाल्हीनन्दन गाउँपालिका–३ वेशालपुरका २४ वर्षीय बेचु गोसाईँ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार भारतबाट युपी५६डब्लु ४६८८ नंको भारतीय मोटरसाइकलमा झुण्ड्याएर नेपालतर्फ लागुऔषध ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट नाइट्राभेट टेन ५० पत्ता (१५०० एम्पुल), नुरफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल र डाइजोपाम ५० एम्पुल बरामद गरिएको उनले बताए । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख

काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५०