बहुविवाह गर्ने ढकाल स्याङ्जामा समातिए



स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह गर्नेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बहुविवाह गरेपछि भोगेका आँधीखोला गाँउपालिका–६ घर भई पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने ४४ वर्षीय नरहरि ढकाल र ३५ वर्षीया ढकाल श्रीमती जानुका ढकाललाई घरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको छ ।

 

ढकालकी जेठी श्रीमती ढाकादेवी ढकालको उजुरीपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । ढकाल र उनकी कान्छी श्रीमतीलाई जिल्ला अदालतले ३ असार २०५८ मा एक–एक महिना कैद र एक हजार रुपैयाँ जरिमाना तोकेको थियो । त्यसपछि उनीहरू फरार थिए ।

प्रतिक्रिया दिनुहोस्