बाघलान प्रान्तको एक जिल्ला पुनः सरकारको नियन्त्रणमा


एजेन्सी : अफगानिस्तानमा अफगान सुरक्षाबल (एएनडीएसएफ) ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

बाघलान प्रान्तको घोरी जिल्लामा जारी राखेको सैन्य कारबाहीको क्रममा सो जिल्ला मुक्त भएको बताइएको छ । तीन वर्ष अगाडि उक्त जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा तालिबान लडाकूहरु हताहत भएका तर यसको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । बाघलान प्रान्तमा तालिबान लडाकूलक्षित कारबाही जारी नै रहने सैनिक स्रोतले जानकारी दिएको छ ।

बाघलान प्रान्तको पश्चिमी भागको जिल्लाहरुमा पनि तालिबान लडाकूविरुद्ध कारबाही जारी रहेको जनाइएको छ । राजधानी काबुल शहर करिब १ सय ६० किलोमिटर उत्तरमा रहेको यो प्रान्तमा लामो समयदेखि तालिबान लडाकू र सुरक्षाबलबीच झडप जारी रहेको छ ।

सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएपछि यस जिल्लाका कानूनी शासन फिर्ता हुनको साथै सरकारी कार्यालयहरू र स्थानीय प्रहरी चौकी पुनः खोलेको विज्ञप्तिमा बताइएको छ । अफगान सुरक्षाबलले बाघलान प्रान्तमा तालिबानी लडाकूविरूद्धको सुरक्षा अभियानलाई तीव्र बनाएको छ । सो जिल्लामा सक्रिय रहेका तालिबानी लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज

काठमाडौं : काठमाडौंको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनर्निमार्ण कार्य धमाधम भइरहेको छ

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौंको चन्द्रागिरि

पर्सा : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने

काठमाडौं : गत असोज ३० गते पक्राउ परी जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा रहेका नेत्रवित्रम

काठमाडौं : चारदिने नेपाल भ्रमण सकाएर बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज बंगलादेश फर्किदै छन्

काठमाडौं : दुग्ध विकास संस्थानले शुक्रबार एक सूचना प्रकाशित गरी १ सय २३ जना कर्मचारीको

काठमाडौं : नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको

काठमाडौं : चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका

काठमाडौं : आउँदो अंग्रेजी वर्षको शुरुवातसँगै नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० को

काठमाडौं : निजामती सेवाका कर्मचारीको अवकास हुने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुराउने गरी

काठमाडौं : बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखराको भ्रमणको क्रममा फेवातालमा आफ्नी धर्मपत्नीका साथ जलविहार