हेटौँडाका विभिन्न होटलको अनुगमन, अखाद्य वस्तु जफ


मकवानपुर : जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा खटिएको संयुक्त अनुगमन टोलीले त्रिभुवन राजपथ चौकीटोल, हेटौँडा–नारायणगढ सडकखण्डको थानाभ¥याङ र स्थानीय बसपार्कमा रहेको विभिन्न होटल र मिठाइ पसल गरी २० वटा पसलमा आज स्थलगत अनुगमन गरी अखाद्य वस्तु मिसावट र अन्य खानेकुरा जफत गरेको छ ।

अनुगमन टोलीले कान्तिराजपथमा रहेको अनमोल स्वीटस् मिठाइ पसलमा अखाद्य वस्तु मिसावट मिठाइहरु, स्थानीय बसपार्कमा रहेको खाजाघरमा राखिएको गुणस्तरहीन एवं बासी चाउमिन, चना, मासु फ्राई, अण्डा, आलुचप र राजमार्गमा रहेको होटलमा भेटिएको बासी खानालगायत पेय पदार्थ पनि जफत गरी नष्ट गरिएको जिप्रकाका प्रतिनिधि सहदेव आचार्यले बताए।

अनुगमनका क्रममा राजमार्गमा रहेको विभिन्न होटलमा यात्रुले देखिने गरी खानाको मूल्यसूची राखिनुपर्ने, भान्छाघरलाई स्वच्छ बनाई यात्रुलाई स्वच्छ खाना उपलब्ध गराउनुपर्ने र होटलको गुणस्तरलाई कायम राख्न थप सरसफाइ गरी खाद्य सामग्री सात दिनभित्र भण्डारण गर्न निर्देशन दिएको र अर्कोपटक अनुगमन गरिँदा सो सुझाव दिएअनुसारको फेला नपरेमा कानूनी कारवाही अगाडि बढाइने क्षेत्रीय गुण नियन्त्रण प्राविधिक कार्यालयका प्रमुख सोमकान्त रिजालले बताए।

शुक्रबार स्थानीय हेटौँडा बजार, मनहरी, लोथर बजारमा आकस्मिकरुपमा अनुगमन गर्न विभिन्न टोली खटाइएको जिप्रका मकवानपुरले जनाएको छ । – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

म्याग्दी : म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको

काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या