नेकपा स्थायी कमिटी बैठक जारी



काठमाडौं: नेकपा स्थायी समिति बैठक आज बिहानै सुरु भएको छ ।

 

धुम्बाराहीस्थित पार्टी कार्यालयमा बिहान साढे ८ बजे नै बैठक सुरु भएको हो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राखिरहेका छन् ।  मंसिर २९ देखि जारी नेकपा स्थायी समितिको बैठक अझै केही दिन लम्बिने देखिएको छ ।

 

स्थायी र पदेन गरी ५१ सदस्यीय स्थायी समितिमा यसअघि ३४ सदस्यले आफ्नो धारणा राखिसकेका छन् । एक दिनमा १० जना भन्दा धेरैले बोल्ने स्थिति नरहेपछि बैठक अझै केही दिन लम्बिने स्थिति देखिएको हो । बैठकमा स्थायी समिति सदस्यहरुलाई बोल्न २० मिनेट समय दिइएको छ । बुधबार र मंगलबारको बैठकमा पनि ८-८ जना नेताहरुले बोलेका थिए भने सोमबारको बैठकमा १० नेताले बोलेका थिए ।  

प्रतिक्रिया दिनुहोस्