न्यूरोडस्थित जेबी कलेक्सनमा आगलागी



बाँके : नेपालगन्जको न्यूरोडस्थित फेन्सी कपडा पसलमा आगलागी भएको छ। बिहिबार भएको आगलागीमा जेबी कलेक्सनका सम्पूर्ण सामान जलेर नष्ट भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए।

 

 उनले जेबी कलेक्सनमा लागेको आगोलेसँगै रहेको सपना सपिङ्गमा सामान्य क्षति पुगेको बताए। 

 

आगो लागेको सूचना पाउना साथ नेपालगन्ज उपमहानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको कारण क्षति कम भएको डाँगीले जानकारी दिए।

 

 समयमा आगो निभाउन सकेका कारण सोही घरमा रहेको नेपाल बैंक लिमिटेडको कार्यालय आगलागी हुनबाट जोगिएको छ। 

 

पसलको सटर बन्द रहेकोले विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीले गरेको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस्