१५ दिनदेखि भोजपुर–विराटनगर उडान अवरुद्ध



भोजपुर : तराईको मौसम अनुकूल नहुँदा नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरुद्ध भएको छ। मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखाले जनाएको हो।

 

अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए। निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा ३ दिन विराटनगर उडान भर्दै आएको थियो।

 

निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडामा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत तथा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यवस्था गरेको छ। भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडौं भने आइतबारबाहेक हप्तामा ६ दिन उडान भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्