नेकपा दाङले उम्मेदवारको नाम सिफारिस ग-यो



दाङ : आगामी मंसिर १४ गते हुने स्थानीय निर्वाचनको लागि नेपाल कमयुनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारको सिफारिस गरेको छ । नेकपा दाङले क्षेत्र नं. ३ (ख)को उम्मेदवारमा नेकपाले ३ जनाको नाम सिफारिस गरेको हो ।

हिजो (बिहीबार) बसेको जिल्ला कमिटी बैठकले विमला ओली, चुर्ण बहादुर ओली र शोभाराम बस्नेतलाई सिफारिस गरेको हो ।

कार दुर्घटनामा उत्तरकुमार ओलीको मृत्यु भएपछि उक्त क्षेत्री खाली थियो । विमला ओली उनकी श्रीमति समेत हुन् । जिल्ला कमिटी दाङले उनीहरुको नाम सिफारिस गरेको हो । नेकपा केन्द्रीय सदस्य तथा उक्त निर्वाचन इन्चार्ज कोमल ओलीले उनीहरको नाम सिफारिस गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्