नेकपा बैठकमा ७ नेताले राखे विचार



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा शुक्रबार नेकपाका सात नेताहरूले धारणा राखेका छन्। 

 

शुक्रबार नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा आफ्नो धारणा राखेका छन्। 

 

गएको मंसिर २९ गतेदेखि शुरु भएको बैठक शुक्रबारका लागि सकिएको छ। शनिबार बिहान ८ बजेदेखि बैठक पुन शुरु हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्