प्राइम बैंकका सेयरधनीलाई १६ प्रतिशत बोनस



काठमाडौं : प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा भएको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

 

बैंकले गत आर्थिक वर्ष प्रति सेयर २३ रुपैयाँ ५५ पैसा मुनाफा आर्जन गरेको थियो । नेपाल राष्ट्रबैंकले अनुमति दिएर बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि बोनस सेयर वितरण हुने जनाइएको छ । 

हाल प्राइमको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८ सय ४० रुपैयाँ पुग्नेछ । बैंकले गत वर्ष २७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्