बालिका बलात्कारका आरोपित पक्राउ



सप्तरी : पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई पक्राउ गरेको छ । 

यादवले मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाई सुनसरीको इटहरी पुर्याएर बलात्कार गरेको आरोप लागेकाे छ । बालिकालाई अपहरण गरी बलात्कार गरेकाे भन्दै पीडितका बुवाले सप्तरी प्रहरीमा उजुरी दिएका थिए ।  

 

यादवविरुद्ध जबर्जस्ती करणीको उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्