यसो गरे स्वस्थ रहन्छ मस्तिष्क



कार्यव्यस्तताका कारण हामीमध्ये कतिपयले आफ्नो स्वास्थ्यलाई ध्यान दिइरहेका हुँदैनौं । यसैका कारण कालान्तरमा गम्भीर स्वास्थ्यसमस्याको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले पहिलेदेखि नै स्वास्थ्यको ख्याल राख्नु उपयुक्त हुन्छ । त्यसमाथि पनि मस्तिष्कलाई स्वस्थ राख्नु त झनै आवश्यक छ । यी कुराहरुमा ध्यान दिन सकियो भने पनि हाम्रो मस्तिष्क स्वस्थ रहन सहयोग पुग्छ । 

कार्यव्यस्तताका कारण कतिपयले ब्रेकफास्ट गर्न बिर्सिरहेका हुन्छन् । ब्रेकफास्ट नगर्दा बिहानको खाना बढी खाइन्छ । यसले मोटोपन ल्याउन सक्छ । दिनहुँ ब्रेकफास्ट गर्दा सोच्ने क्षमतामा समेत वृद्धि हुन्छ । तसर्थ सधैँ ब्रेकफास्ट गरौं । 

 

अबेरसम्म काम गर्दा दिमागमा नकारात्मक असर पर्न जान्छ । ढिलासम्म मोबाइल वा कम्प्युटर चलाउने बानीले आँखामा समेत असर गर्छ । तसर्थ बेलुका चाँडै सुत्ने बानी बसालौं ।

 

बिहान ढिलासम्म सुत्ने बानी गर्दा नकारात्मक सोच आउने, चिन्ता लाग्ने, मुड अफ हुनेजस्ता समस्या देखा पर्न सक्छ । यसर्थ बिहान ढिलासम्म सुत्ने नगराैं।

 

कम्प्युटर चलाउँदा र टिभी हेर्दा खानेकुरा नखाऔं । यसरी खानेकुरा खाँदा दिमाग केन्द्रित हुँदैन र कतिपय अवस्थामा मस्तिष्कमा नकारात्मक असरसमेत पर्छ । 

 

धूमपान मस्तिष्कका लागि हानिकारक हुन्छ । धूमपानका कारण अल्जाइमर, डिमेन्सिया, ब्रेन स्ट्रोक हुने सम्भावना रहन्छ । त्यसैले धूम्रपानबाट टाढैं रहौं ।

प्रतिक्रिया दिनुहोस्