महिनावारीका समयमा यी उपाय अपनाउनुहाेस्



– महिनावारीका समयमा यौनांगबाट रगत बग्ने हुन्छ । यसर्थ, यसको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यदि, सरसफाइको कमी भएमा कतिपय अवस्थामा संक्रमणसमेत हुन सक्छ ।

– सकेसम्म स्यानेटरी प्याड र सफा सुती कपडाको प्रयोग गर्नुपर्छ । प्याड हरेक चार घन्टामा फेर्नुपर्दछ । एउटै प्याड लामो – समय राख्दा ब्याक्टेरिया फैलन सक्ने सम्भावना रहन्छ । 

– यो वेलामा शरीरमा आइरनको कमी हुने भएकाले पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ । 

– दुखाइ कम गर्ने नाममा अनावश्यक औषधि सेवन गर्नु हुँदैन । 

– यो वेला यौनांगमा पाउडर र क्रिमजस्ता वस्तु प्रयोग गर्नु हुँदैन । जसले इन्फेक्सन गर्न सक्छ । 

प्रतिक्रिया दिनुहोस्